कर्णाली दुर्घटना अपडेटः ३१ जनाको जीवितै उद्धार, २ को मृत्यु, ६ वेपत्ता

काठमाडौं । कालिकोटमा भएको टिप्पर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने यस्तै ६ जना वेपत्ता भएका छन् ।

बुधबार बिहान भारतबाट आएकाहरुलाई क्वारेन्टाइनतर्फ लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिप्पर लालीघाटको भीरबाट कर्णाली नदीमा खसेको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार ३९ जना यात्रु बोकेर टिप्पर रास्कोटतर्फ जाँदै थियो । दुर्घटनामा नदीमा बगेका ३१ जनालाई जीवितै उद्धार गरिएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

यस्तै दुई जनाको शव भेटिएको र बाँकी ६ वेपत्ता भएको र खोजी भइरहेको मन्त्रालयले जनाएको छ । घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाउने तयारी भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो । उद्धार गरिएका मध्ये चार जना गम्भीर घाइते छन् ।

बुधबार, २८ जेठ, २०७७, दिउँसोको ०२:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर