मौसम विश्लेषण (Meteorological Analysis):-
हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको “निसर्ग” (NISARGA) चक्रवात कमजोर भई बनेको न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ।
हालको मौसमको अवस्था (Present Weather Status):
हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १ , गण्डकी प्रदेश, सु.प प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका केहि स्थानमा हल्का देखि मध्यम खालको बर्षा र प्रदेश ५ र प्रदेश २ का थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको अवस्था छ।
जेठ २४ गते (शनिबार)
दिउँसोः प्रदेश १,२, र बागमती प्रदेश मा पूर्ण बदली तथा गण्डकी, कर्णाली, सु.प र प्रदेश ५ मा सामान्य बदली रहनेछ। प्रदेश १,२, र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
रातीः प्रदेश १ र बागमती प्रदेश मा पूर्ण बदली तथा बाँकी प्रदेशमा सामान्य बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केहि र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।
जेठ २५ गते (आइतबार)
दिउँसोः देशका धरैगसो स्थानमा सामान्य बदली रहनेछ। प्रदेश १, बागमती ,गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली, सु.प. प्रदेश र प्रदेश २ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
रातीः वागमती प्रदेश र प्रदेश १ मा सामान्य बदली रहनेछ बाँकि प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, र बागमती प्रदेशका थोरै स्थानहरुमा,गण्डकी प्रदेश, प्रदेश ५ र २ का एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
जेठ २६ गते सोमबार)
दिउँसोः प्रदेश १,, गण्डकी, बागमती, कर्णाली, सु.प प्रदेशमा सामान्य बदली तथा प्रदेश २ र ५ मा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती ,गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली, सु.प, प्रदेश २ र ५ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
रातीः वागमती प्रदेश, प्रदेश १ र २ मा सामान्य बदली रहनेछ भने बाँकि प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, २ र बागमती प्रदेशका थोरै स्थानहरुमा अनि बाँकी प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
प्रदेश १,२, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको साथै उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।