प्रदेश नं. १ को निति तथा कार्यक्रम सार्वजनिक : स्वास्थ्य तथा कृषि पहिलो प्राथमिकतामा

लकडाउन प्रभावित किसान वर्गलाई ४५ करोड बराबरको बिशेष राहत प्याकेज

विराटनगर । प्रदेश नं. १ सरकारको आर्थिक बर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भएको छ ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शुक्रबार बसेको प्रदेश सभा बजेट अधिवेशनको सातौं बैठकमा प्रदेश सरकारको निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

उहाँले आर्थिक बर्ष २०७७÷०७८ मा स्वास्थ्य तथा कृषिलाई पहिलो प्राथमिकतामा राखिने बताउनुभयो । उहाँले आगामी आर्थिक बर्षमा प्रदेशका बेरोजगार युवाहरुका लागी उत्पादनशील रोजगारी व्यवस्थापन गर्न उद्योग र भौतिक पुर्वाधार विकास उच्च प्राथमिकतामा रहने जानकारी गराउनुभयो । उहाँले शिक्षा, सुरक्षा, सुचना, प्रविद्यि र वन तथा वातावरणको क्षेत्रलाई उचित महत्व प्रदान गरिने जिकिर गर्नुभयो ।

त्यस्तै आर्थिक बर्ष २०७७÷०७८ मा कोभिड–१९ बाट सिर्जित चुनौती तथा अवसरलाई मध्यनजर गर्दै भबिष्यमा आईपर्ने महामारीहरुसँग सुनियोजित रुपमा जुध्न तथा मानव स्वास्थ्य सम्बन्धी अनुसन्धान गर्न प्रादेशिक बहुबिशिष्टीकृत आरोग्य अस्पताल तथा सरुवा रोग अनुसन्धान केन्द्रको स्थापना गरिने जनाईएको छ ।

त्यसैगरि कोरोना भाईरसको रोकथाम तथा न्युनीकरणका लागी जारी लकडाउनका कारण प्रभावित किसान वर्गलाइ ४५ करोड रुपिँया बराबरको बिशेष राहत प्याकेज उपलब्ध गराईने प्रदेश सरकारको योजना रहेको छ ।

शुक्रबार, २३ जेठ, २०७७, दिउँसोको ०४:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर