विराटनगर । विराटनगरकी युवा नेतृ नमिता न्यौपानेले बन्दाबन्दीको समयमा असहायहरुलाई खाना खुवाउँदै हिंड्ने विराटनगरका १० जना युवाको निःशुल्क कोरोना बिमा गरिदिनुभएको छ ।
विराटनगरका १० जना युवाहरुले विगत २ महिनाअघिबाट सडक पेटिमा बस्नेहरुलाई निशुल्क खाना खुवाउँदै आएका छन् । जेनेरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडमा १० जना अभियन्तालाई नेता न्यौपानेको सहयोगमा कोभिड १९ बिमा गरिएको हो ।
प्रत्येक अभियान्तालाई एकएक लाखको बिमा गरिएको छ । अब बिमा गरिएको व्यक्तिलाई कोरोना संक्रमित पुष्टि भएमा एक लाख बराबरको बिमा रकम प्राप्त गर्नेछन्।