नेकपा सचिवालय बैठक सुरु

विराटनगर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा विवादित अमेरिकन परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) समावेश भएपछि पार्टी भित्र विवाद उत्पन्न भएको छ । सोही विषय र बजेटसँग सम्वन्धित अन्य विषयमा छलफल गर्न आज सचिवालय बैठक बोलाइएको हो । बैठकमा अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल पनि सहभागी हुनुभएको छ ।

सरकारले एमसीसीबाट यो वर्ष पाँच अर्ब ७२ करोड ७२ लाख आउने अनुमान गरेको छ ।
संसदबाट एमसिसि पारित नभई बजेट मार्फत योजना अगाडि बढाएको विषयमा पूर्व अध्यक्ष झलनाथ खनाल, भीम रावल लगायतका नेताहरु असन्तुष्ट भएका छन् । अध्यक्ष प्रचण्डले पनि एमसीसी पारित नगरी बजेट वक्तव्यमा समावेश गरेको भन्दै विरोध जनाउनुभएकोे बताइएको छ ।

शनिबार, १७ जेठ, २०७७, बिहानको ११:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर