विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सचिवालयको बैठक आज बिहान ११ बजेका लागि बोलाएको बैठक केही बेरपछि बस्दै छ । बैठकमा बहुचर्चित मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि)का सम्वन्धमा छलफल हुने बताइएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटमा एमसिसि परियोजना अन्तरगत सञ्चालन गर्ने भनिएको विद्युत प्रशारण लाइन सम्वन्धी योजना समावेश गरेपछि त्यसको विरोह हुँदै आएको छ ।
आजको वैठकमा एमसिसी कार्यदलले बनाएको रिपोर्टबारे छलफल गर्ने र आवश्यक निर्णय लिने नेकपाको तयारी छ ।
नेकपाले एमसिसीबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गत माघमा एउटा कार्यदल गठन गरेको थियो।सो कार्यदलले एमसीसी पारित गर्न नहुने प्रतिवेदन दिएको थियो । त्यस प्रतिवेदनप्रति कार्यदलका सबै सदस्यहरुको एकमत भने हुनसकेको थिएन ।