विराटनगर । सरकारले नयाँ उद्यमी र उद्योग प्रवद्र्धन गर्ने नीति अगाडि बढाएको छ । नयाँ व्यवसाय सुरु गर्ने व्यवसायीहरूलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा गर्दै सरकारले नव उद्यममैत्री नीति अवलम्वन गर्ने घोषणा गरेको हो ।
उद्यम गर्न चाहनेलाई ब्याजमा अनुदान दिन सरकारले आगामी आर्थिक वर्षको बजेटमा ५० करोड रूपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७र७८ को बजेट प्रस्तुत गर्दै व्यवसाय सुरु गर्न चाहनेलाई सहुलियत प्रदान गर्न लागिएको जानकारी दिए ।