इटहरीको विकासका लागि बजेट छुट्याउन प्रदेश सरकारसँग आग्रह

इटहरी । इटहरी उपमहानगरको वृहत्तर विकासका लागि विभिन्न योजनाहरु वजेटमा समेट्न प्रदेश सरकारसँग आग्रह गरिएको छ ।

उपसभामुख सरस्वती पोखरेल,प्रदेश सांसदहरु सर्वध्वज साँवा, लिलम बस्नेत, इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतमको टोलीले मुख्यमन्त्री शेरधन राईसँग भेट गरी प्रदेश सरकारसँग माग पत्र पेश गर्नुभएको हो ।

मुख्यमन्त्री शेरधन राईले इटहरीको विकासका लागि प्रस्तुत गरिएका मागहरुका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले इटहरीको मागलाई बजेट नीति तथा कार्यक्रममार्फत सम्बोधन गरिने बताउनुभयो ।

टोलीले आजै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो, सामाजिक विकासमन्त्री जीवन घिमिरे र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुशियतलाई छुट्टाछुट्टै भेट गरि इटहरीको विकासका लागि बजेट माग गरिएको छ ।

आधुनिक शहर विकासका लागि बाहिरी चक्रपथ निर्माण, प्राविधिक कलेज, इटहरी अस्पतालको स्तरोन्नती, बहुजातीय संग्रहालय, जनता पार्क, सुनसरी मोरङ सिचाई आयोजनाको छेउको वाटो कालोपत्रे लगायतका योजनामा बजेट विनियोजनका लागि माग गरिएको इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले बताउनुभयो ।

बिहिबार, १५ जेठ, २०७७, रातीको ०८:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर