आगामी बजेट कोरोनाकेन्द्रित हुनेछः मन्त्री आङ्बो

आर्थिक वर्ष २०७७/७८ को प्रदेश १ को बजेटका सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश

विराटनगर । प्रदेश १ सरकारको आगामी बजेट कोरोनाको रोकथाम, नियन्त्रण, उपचार, राहतसहित उत्पादनशील क्षेत्रमा लगानी र रोजगारी सिर्जनमा केन्द्रित हुने भएको छ ।

प्रदेशसभाको बुधबार सुरु भएको छैटौं तथा बजेट अधिवेशनमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले कोरोना केन्द्रित रहेर रोजगारी, पूर्वाधार विकास र शिक्षा तथा स्वास्थ्यमा गुणात्मक सुधार गर्न बजेट केन्द्रित हुने बताउनुभएको हो ।

अहिले महामारीको असरबाट प्रदेशका नागरिकहरुलाई सुरक्षित राख्दै यसबाट पर्ने आर्थिक असर न्युनिकरण र प्रदेशको आर्थिक विकासको खाका निक्र्याैल गरेर अगाडि बढ्नुपर्ने भन्दै मन्त्री आङ्बोले चुनौति पार गर्दै आर्थिक विकास र त्यसको प्रतिफलको समन्वयत्माक वितरण गर्ने आकांक्षा राखिएको बताउनुभयो । महामारीले संकट मात्र नभई अवसर पनि ल्याउने भन्दै उहाँले मानवीय, आर्थिक तथा तथा समन्वयात्मक विकासका लागि अल्पकालीन उपायको कार्यान्वयन तथा मध्यकालीन र दीघिकालीन उपायहरुको पहिचान सुरु गर्ने बताउनुभयो ।

निजी क्षेत्रका लागि सहजकर्ता र साझेदार एवं सहकारी तथा सामदायिक क्षेत्रका लागि संरक्षक साथै सीमान्त्तकृत समदुायका लागि संरक्षक तथा अभिभाबकको भूमिका सरकार रहने मन्त्री आङ्बोले बताउनुभयो । कोभिड १९ कारण गरिएको लकडाउनको कारण देशको अर्थतन्त्र, सामाजिक क्षेत्र र अन्य क्षेत्रमा परेको प्रभावको अध्ययन गरी त्यसको निराकरणको उपाय खोजी गर्दै कृषि तथा तथा उद्योग व्यवसाय क्षेत्रलाई गतिशिल र चलायमान बनाइने उहाँले जानकारी दिनुभयो ।

राहत तथा पुनःस्थापनामा केन्द्रित भई संक्रमणको जोखिम नियन्त्रण गर्दै आर्थिक गतिबिधिलाई पुनर्जीवन दिन नयाँ विश्वास, जागरण, क्रियाशील गर्न बजेट केन्द्रीत हुने मन्त्री आङ्बोले बताउनुभयो । कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचार तथा भविष्यमा आउनसक्ने महामारी विरूद्ध लड्न स्वास्थ्य क्षेत्रलाई सबल र सुदृढ गर्ने पनि उहाँले बताउनुभयो ।

शिक्षा र स्वास्थ्यमा सबै नागरिकको सहज पहँचु सुनिश्चित र सेवाको गणुस्तर बृद्धिमा जोड दिने बताउँदै मन्त्री आङ्बोले सुबै प्रदेशबासीको स्वास्थ्य बिमा गरिने उल्लेख गर्नुभयो । कोरोनाको कारण रोजगारी गुमाएकाहरुलाई स्वरोजगार बनाउने कार्यक्रम तय गर्नेगरी उत्पादनमुलक र छिटो प्रतिफल दिने उद्यमलाई प्राथमिकता दिने उहाँको भनाइ छ । एक स्थानीय तह एक उद्यम र उत्पादनमा जोड दिने उहाँले बताउनुभयो ।

कोरोनाको कारणले राजश्व र अन्त्य स्रोतमा परेको चापको कारण उपलब्ध स्रोतको उच्चतम र मितब्ययी उपयोग गर्न अनावश्यक प्रशासनिक खर्च नियन्त्रण गर्ने मन्त्री आङ्बोले बताउनुभयो । यस्तै प्रदेशसभाको लागि सुविधासम्पन्न सभाहल र सचिबालय भवन निर्माणको काम सुरु गर्नेगरी संभाव्ययता अध्ययन गर्ने बजेटको सिद्धान्त र प्राथमिकतमा उल्लेख छ ।

कोरोना भाइरसको त्रासबीचमा सामाजिक दुरी कायम गर्दै प्रदेशसभाको अधिवेशन सुरु भएको हो । बैठक २ वटा हलबाट सञ्चालन गरिएको छ ।

बिहीबार ११ बजे बस्ने बैठकमा बजेटका सिद्धान्त र प्राथमिकताको बारेमा छलफल हुनेछ । सिद्धन्त र प्राथमिकताको छलफल सकिएपछि प्रदेश प्रमुखले नीति तथा कार्यक्रम पेश गर्ने र असार १ गते बजेट पेश हुनेछ ।

विनियोजन-विधेयक-२०७७-का-सिद्धान्त-र-प्राथमिकता (1)

बुधबार, १४ जेठ, २०७७, साँझको ०७:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर