अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ

 डा.युवराज संग्रौला

एउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कमजोर हुन्छ र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, राष्ट्रले अन्तरास्ट्रिय साख गुमाउँछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब राष्ट अपमानित हुन्छ, नागरिकको मनोदशा पनि भएपूर्ण हुन्छ। हामीले अहिलेसम्म नबुझेको कुरा के हो भने २ सय वर्षदेखि हाम्रो इतिहास वा राज्यको साख अपमानित भएको छ। अब अन्डाले ढुङ्गा होइन, फलामले ढुङ्गा फुटाउने मानसिकताको निर्माण गर्नुपर्छ।

१. सन् १८१४ मा हामीमाथि साम्राज्यवादी आक्रमण भयो। हामीले जमिन गुमायौं। त्यसपछि हाम्रा नागरिकहरुलाई उपनिबेशी शासकले दास झैँ उसको सेनामा प्रयोग परम्परा थोपर्यो। राणाहरुलाई कठ्पुतली बनाएर हाम्रो समाजलाई अन्धकारको चपेटामामा हाल्यो। ब्रिटिस उपनिबेशिले नेपालको राजनीतिलाई फोहोर बनाइदियो। तर, हाम्रा नेता र कर्मचारी बेलायतसँग २ सय वर्षको इतिहास छ, भन्छ्न्। अझ गोर्खा भर्तीजस्तो अपमानको पर्यायलाई नेपाल र बेलायतको कुटनीतिको साँघु भन्ने गर्छन् अपमानित भएको भान पनि छैन। सन् १९४७मा भारत स्वतन्त्र भयो । तर, उसले गर्ने व्यवहार उपनिबेशको भन्दा फरक थिएन। बिपिलाई धोका दिएर आफू प्रधानमन्त्री हुन मात्रिकाप्रसा कोइराला दिल्ली पुगेको इतिहास हामीसँग छ।

स्वाभिमान हामीले बेच्यौं। क्युबामाथि अमेरिकाले के–के अत्याचार गरेन। तर, क्युबालीले शीर पनि झुकाएनन्, स्वाभिमान पनि बेचनन्। उनीहरुले आफूलाई उन्नत बनाए। शिक्षालाई आधुनिक बनाए। बिज्ञानलाई उन्नत बनाए। नागरिकले देशको अस्तित्वलाई नै आफ्नो अस्तित्व बनाए। क्युबालाई अमेरिकाले दमन गर्न सकेन। क्युवाको जस्तो कठिन अवस्था हाम्रो होइन। तर, हाम्रा नेता भनिने, राजा भनिने र जनता भनिनेले आत्मा नै बेचिदिए।

२. नागरिक भारत र बेलायतको सेनामा भर्ना हुन आहिले पनि कुद्छन्। उसँग ५० तर्क छ्न् । आफ्नो गलत काम पुष्ठि गर्ने । तर, आफ्नो खेत र बारीमा उन्नत खेति गर्ने सीप सिक्ने जाँगर छैन। लाहुरे संस्कृति राष्टको अपमानका रुपमा हुर्केको छ। जबसम्म आफ्नो स्वाभिमानको अपमान भएको महसुस गर्न सकिन्न, अरुले हेप्छन्। त्यसैले भारतले हाम्रो भुमिमा आफूखुस गर्छ।

३. देशका वकिल बिदेशीको गुलामी गर्छन्, बिदेशीले पैसा दियो भने देशको अस्तित्वकै विरुद्ध तर्क दिन तयार छ्न्। उनीहरु बिदेशीका लागि जासुसी गर्ने संस्थालाई सहयोग गर्छन् । देशका पत्रकार बिदेशीका पैसा लिएर देशका विरुद्ध लेख्न तयार छ्न्। तेस्ताका पछाडि नेता लाग्छ्न्। देशका इन्जिनियर सिमानामा पिलर राख्दा आफ्नो भुमी त्याग्न तयार छ्न्। देशका कर्मचारी राष्टघात गरेर बिदेशीको गुलामी गर्न तयार छ्न्। देशका नेता आफू मन्त्री हुन बिदेशीका पाउमा शीर राख्न तयार छ्न्। देशका जनता चौकिदारी र सिपाहीका लागि स्वास्नी र खेत त्याग्न तयार छ्न्। यी सबै अपमानित इतिहास र राष्टका मानिसका प्रवृत्ति हुन्। राष्ट कमजोर भएपछि यस्तै हुन्छ।

३. हिटलरले आक्रमण गर्दा रसियामा ५० लाख मानिसले सिपाहीका रुपमा निसंकोच ज्यान दिए। चीनमा आफ्नो स्वतन्त्रताका लागि कतिले ज्यान दिए सबैलाई थाह छ। किनकि उनीहरुलाई राष्ट अपमानित हुँदा पोल्यो। हामीलाई राष्टको अपमान पीडा हुँदैन, हामीलाई पीडा डिभी नपर्दा, बिदेशी सेनामा भर्ती हुन नपाउँदा र अरबमा शोषण हुन जान नपाउँदा हुन्छ। हामीलाई बिदेशीको चाकरी औधी मनपर्छ।

४. हाम्रोमा केही मानिसलाई सधै प्रधानमन्त्री हुने धोको रहन्छ। कसैलाई त एक दर्जन पटक प्रधानमन्त्री हुन मन छ। मसँग प्रधानमन्त्री हुने के क्षमता छ भन्ने सोच्न उनीहरु तयार छैनन्। हाम्रा नेता जनताका संरक्षक हुन चाहादैनन्। उनीहरु जनताका मालिक माननीय हुन चाहान्छ्न्। उनीहरुलार्इ आफ्नो बिचारको माया लाग्दैन, उनीहरुलाइ घुस दिने माफियाको बढी माया लाग्छ। राष्टघातीहरुप्रति रिस उठ्दैन उनीहरुलाई, बरु देशलाई माया गर्नेप्रति रिस उठ्छ। लुट्नेहरु आफना हुन्छन्, आफ्नो स्वाभिमान राख्नेहरु पराइ हुन्छ्न्। केही मानिस राजनीतिका नाममा छ्लपट मात्र गर्छन्।

५. देशका कानून बिदेशीका लागि बन्छन्। सन्धि र सम्झौता बिदेशीकै लागि बन्छ्न् । हाम्रो दराजका कागजपत्र बिदेशीले निकालेर लैजान्छन्। देशको नक्सा फेरिन्छ। बिदेशमा राजदुतहरु सेवा बापत पेन्सन खान जान्छन्, राष्टको रक्षाका लागि होइन। बिदेशीले मन पराएका मानिस आयोग र कार्यदलमा रहन्छ्न्।

त्यसैले बिदेशीले हामीलाई अपमान गरिरहन्छ्न्। उनीहरु हामीलाई राष्टनै मान्दैनन्। त्यसैले हेप्ने आँट गर्छन्। हाम्रो आफ्नै चिज हामीसँग छैन। हाम्रा कागज ब्रिटिस म्युजियममा छ्न्। हामीसँग हाम्रै सन्धी छैनन्। हामीले गुगलबाट नक्सा प्रिन्ट गरेका छौँ। हामीसँग तर्क होइन गालीगलौज मात्र छ। देशको बौद्धिकता जबर्जस्त दमन गरिएको छ। दोग्ला मानिस बिज्ञ बनाइएका छ्न्।

हामीले अब राष्टको अपमानलाई समाप्त गर्ने, हाम्रो स्वाभिमानको पुनर्निर्माण गर्ने अभियानको निर्माण गर्नुको बिकल्प छैन।
१. हाम्रो साम्राज्यवाद बिरोधी इतिहासलाई हरेक ब्यक्तिमा पुर्याउनु आवाश्यक छ, अब। हाम्रो इतिहासको बध गर्नेहरुको खोजी हुनुपर्छ। २०० बर्ष अगाडि हामीले उपनिबेशी शक्तिका विरुद्ध लेखेको इतिहास फेरि लेख्नुपर्ने भएको छ ।

२. हाम्रा सिमाना बेच्ने, हाम्रा नक्सा बद्ल्ने, देशघाती सम्झौता गर्ने र बिदेशी एजेन्सीका लागि काम गर्ने भिखारीहरुको नकाब खोल्नुपर्छ, अब।

३. हाम्रो शिक्षाको बेहाल गर्नेहरुको नकाव पनि उतार्नुपर्छ।

४. बिदेशीलाई नागरिक बेचेर देशको उत्पादन समाप्त गर्नेहरुको खोजी पनि गर्नु आवाश्यक छ।

हामीले हाम्रो स्वाभिमानका लागि भारतसँग कुरा गर्ने हिम्मत गर्नुपर्छ। अब नागरिकका झोले प्रवृत्ति समाप्त हुनुपर्छ। अब नेपालको अपमान समाप्त गर्ने आन्दोलन गर्नुको बिकप्ल छैन। हिजो पनि देश बिदेशीको कठ्पुतली थियो। आज पनि कठ्पुतली छ। अब देश कठ्पुतली हुनुहुँदैन।

आइतबार, ११ जेठ, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर