विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट भित्रिएको कोरोना भाइरस कडा भएको बताउनुभएको छ । आज राष्ट्रिय सभामा सम्वोधन गर्नुहुँदै उहाँले भारतबाट आएको भाइरस अन्यत्रको भन्दा कडा देखापरेको बताउनुभएको हो ।
प्रधानमन्त्रीले ओलीले भन्नुभयो ‘बुहानबाट आएको भाइरस नरम, इटलीबाट आएको पनि नरम, फ्रान्सबाट आएको भाइरस पनि नरम नै देखिएको थियो तर भारतबाट आएको भाइरस अलि बढिनै कडा देखिएको छ । ’