इलाम । इलाममा सोमबार राति एक युवतीले आफ्नै बुबाको हत्या गरेकी छन्।
इलामको देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको हत्या गरेकी हुन्।
शान्तिडाँडाको गोरेडाँडा निवासी ५२ वर्षीय बुबा फुलबहादुरको २५ वर्षीया छोरी सुष्माबीच झगडा भइरहने गरेको थियो । इलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरी निरीक्षक राजकिशोर शाहका अनुसार सोमबार राति पनि झगडा हुँदा छोरीले हत्या गरेको अनुसन्धानबाट खुलेको छ।
बुबा र आमा छोरी मात्र रहेको अवस्थामा भएको विवादमा शुष्माले बाबु फुलबहादुरको टाउकोमा चिर्पट प्रहार गरेकी थिइन् । घटनाको अनुसन्धान भइहरेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेको छ।
घटनापछि शुष्मा बेलुकैबाट फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।