काठमाडौं । सरकारले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।

आईतबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । गत चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको अवधि भोलि सोमबार समाप्त हुँदैछ । नेपालमा कोरोना सङक्रमणको जोखिम अझ बढ्दो क्रममा रहेको हुँदा सरकारले थप १५ दिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

लकडाउनकै क्रममा यतिबेला नेपालमा कोरोना सङक्रमितको संख्या भने २ सय ९५ पुगेको छ ।