लोड हुँदैछ...

मेनु

हात्तीको आक्रमणबाट मृत्यु

हात्तीको आक्रमणबाट मृत्यु

विर्तामोड । झापाको कचनकवल गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट मृत्यु हुनेमा कचनकवल गाउँपालिका–७ निवासी ८० वर्षीय बृखबहादुर राई रहेका छन् ।

शनिबार साँझ घर नजिकै दीपज्योति सामुदायिक वनमा निगुरो टिप्न गएका वृद्धलाई हात्तीले आक्रमण गरेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको थियो ।

झापामा जंगली हात्तीले पटक–पटक धनजनको क्षति गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।