धरान । सुनसरीको धरान–३ भृकुटीपाखामा लकडाउनको समयमा मापासे गरेकाहरुबीच उत्पन्न विवादमा खुकुरी प्रहार भएको पाइएको छ ।
मापसे गरेपछि भएको विवादमा मंगलबार राति स्थानीय विजय तामाङले आफ्नै साथीसमेत रहेका उत्तम र सन्दीप तामाङमाथि खुकुरी प्रहार गरेका थिए ।
घाइते भएकाहरुले नै विजयलाई खेदाउँदै लगेकोमा उनले उल्टै उत्तम र सन्दीपमाथि खुकुरी प्रहार गरेका थिए । उत्तम र सन्दीपमाथि सामान्य चोट लागेको थियो । आरोपित विजयलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।
तीनै जना विजुली मर्मतको काम गर्दै आएका व्यक्ति हुन् । मापासेको सामान्य विवादले नै एकअर्काबीच हानाहानको स्थिति सिर्जना भएको देखिएको इलाका प्रहरी कार्यालय धारनका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।