लोड हुँदैछ...

मेनु

उद्योग सञ्चालन कार्यविधि बनाउँदै सरकार

सुनसरी मोरङ करिडोरका अधिकांश उद्योग चल्न थाले

सुनसरी मोरङ करिडोरका अधिकांश उद्योग चल्न थाले

विराटनगर । लकडाउनको अवधिमा पनि सरकारले आवश्यकताका आधारमा उद्योगहरु सञ्चालन गर्ने तयारी अगाडि बढाएको छ । दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योग, निर्माण सामग्री उत्पादन गर्ने उद्योग र निर्यातजन्य उद्योगहरु क्रमश सञ्चालन गर्दै जाने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले जानकारी दिनुभएको छ ।

लामो समय उद्योग बन्द हुँदा आर्थिक क्षेत्र संकटग्रस्त बन्दै जाने भएकोले उद्योग चलाउने तयारी सरकारले गरेको हो । मन्त्रालयले उच्चस्तरीय समितिमा उद्योग सञ्चालनको मोडालिटिको विषयमा प्रस्ताव गरिरहेको र छिट्टै निर्णय हुने उहाँले बताउनुभयो । सरकारले कार्यविधि बनाएर उद्योग चलाउने तयारी गरेको हो ।

उद्योग सञ्चालनका लागि उद्योगीहरुको छाता संगठन, श्रमिक सगंठन लगायतसँग छलफल गरिसकिएको मन्त्रालयले जनाएको छ ।

सुनसरी मोरङ औद्योगिक करिडोरका प्रायः उद्योग चालु

सुनसरी मोरङ औद्योगिक करिडोरका अधिकांश ठूला उद्योगहरु सञ्चालन हुन थालेका छन् । एकसाता अधिदेखि बन्द रहेका सबै उद्योग सुचारु भइसकेका छन् ।

धेरै मजदुुरहरुलाई रोजगारी दिर्दै आएका जुट उद्योगहरु, धागो उद्योग, फलामे डण्डी र जस्तापाताका उद्योग, मदिरा तथा अन्य खाद्यान्न उद्योगहरु सञ्चालनमा आइसकेका छन् ।

सरकारले चरणवद्ध रुपमा उद्योग सञ्चालन गर्ने योजना बनाउँदै गर्दा उद्योगीहरुले भने आपुर्ति व्यवस्थामा असर पर्न नदिन र आफ्ना मजदुरहरुलाई काम नगरी पारिश्रमिक दिनुभन्दा समय र सामाजिक दुरी व्यवस्थापन गर्दै काममा लगाएर उद्योग सञ्चालनको काम अगाडि बढाएका हुन् । मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नविन रिजालले स्थानीय मजदुरहरु प्रयोग गरेर केही उद्योगहरु सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँले सबै उद्योगमा आवासीय मजदुर नभएका कारण चलाउन कठिन भएको बताउनुभएको छ । अहिले स्थानीय मजदुरहरु प्रयोग गरेर उद्योगको कुल क्षमता मध्ये करिव १० प्रतिशतको हाराहारीमा सञ्चालन भएको उहाँले जानकारी दिनुभयो ।

यसले मजदुरहरुमा उत्पन्न आर्थिक समस्या समाधान हुनुको साथै सरकारलाई राहतमाथिको दवाव पनि कम परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।