प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान

विराटनगर । मोरङको रंगेली प्रहरीलाई नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले औषधी र स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

कोरोना भाइरसबाट बच्न सेनिटाइजर, माक्स, ग्लप्स प्रदान गरिएको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिनुभयो ।

इप्रका रंगेलीलाई १० लिटर सेनिटाइजर र अन्य स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । संघले औषधीहरू पनि प्रहरीलाई प्रदान गरेको जनाएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिना, उपाध्यक्ष देशबन्धु ढकाल, महासचिब दिनेश ठाकुर, सचिब हरिराज रेग्मी, सहकोषध्यक्ष पुष्पराज पोखरेल र सदस्य प्रकाश धिमालले संयुक्त रूपमा रंगेली प्रहरी प्रमुख इन्सिपेक्टर लेखनाथ निरौलालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

संघले हस्तान्तरण गरेको स्वास्थ्य सामाग्रीहरू रंगेली प्रहरी माहतमा रहेको सम्पूर्ण युनिटमा खटिएको प्रहरीलाई वितरण गरिने इनिस्पेक्टर दाहालले बताउनुभयो । यसअघि पनि संघले बुढीगंगा गाउँपालिका–१ पुष्पलालचौक स्थित महिला जागृति वृद्धाश्रम र विराटनगरमा रहेको विराटेश्वर वृद्धाआश्रममा रहेका जेष्ठ नागरिकहरूलाई औषधी र खाद्यान्य वितरण गरेको थियो ।

लकडाउनको समयमा आश्रममा रहेका वृद्धाहरूलाई औषधी खरिद गर्न समस्या भइरहेको अवस्थालाई मध्यनजर गर्दै औषधी र खाद्यान्य सहयोग गरेको हो ।

सोमबार, २२ बैशाख, २०७७, बिहानको ११:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर