पूर्व युवराज्ञी हिमानी शाहको छोरीले लेखिन्ः ‘छोराको जन्म दिन’

 पूर्णिका शाह

रातको २ः३० बजे फ़ोन आउँछ, छोराले फ़ोन उठाउँछ १ आमाले भनिनः ‘जन्म दिनको शुभकामना बाबु’ १

छोरा रिसाउँदै आमालाई भन्छः बिहान फोन गर्नुस् यति राति फोन गरेर मेरो निन्द्रा किन ब्यूँझाको रु’ फ़ोन राख्छ ।

केही समयपछि बुबाको फ़ोन आउँछ, छोरा बुबासँग रिसाउँदैन उसले भन्छः ‘बिहान गरेपनि हुन्थ्यो ।’

त्यसपछि बुबाले भन्छन्ः ‘मैले तँलाई यसैको लागि फोन गरेको थिए जो तेरिआमा पागल छे जो तँलाई भनेर यति राती फोन गरि, उत।।। आजभन्दा २५ वर्ष पहिलापनी पागल भएकी थिई । जब तेरि आमालाई डाक्टरले अप्रेसन गर्नको लागि भनेका थिए र उसले इन्कार गरेकी थिर्इ, उ मर्नको लागि तयार भइ तर अप्रेसन गराइन । रातको २ः३० मा तेरो जन्म भयो, बेलुका ६ बजेदेखि रातको २ः३० बजेसम्म उ प्रसव पिडामा हैरान थिई । तर तेरो जन्म हुने बित्तिकै उसले सबै पीडा बिर्सिदिई । तेरि आमाको खुशीको ठेगान थिएन । तेरो जन्मभन्दा अगाडि डाक्टरले दस्तखत गराएका थिए, कि यदि केही भयोभने हामी जवाफदेही हुनेछैनौं भनेर । तँलाई वर्षमा एकपटक फोन गर्दा तेरो निन्द्रा बिग्रियो …..? मलाई त दिनहुँ रातको २५ वर्षदेखि २ः३०बजे उठाउँछे र भन्छे हेर्नुस् न बिनोदको बुवा हाम्रो बाबुको जन्म यहीँ समय भएको थियो । बस यहीँ भन्नको लागि तँलाई फ़ोन गरेकी थिइ ।’ यति भनेर बुबाले फ़ोन राख्छन् ।

छोरा निराश हुन्छ, बिहान उठेर घर जान्छ घर पुगेर आमाको खुट्टा समातेर माफी माग्छ । तब आमा भन्छिन्: ‘हेर्नुस् त बिनोदको बुबा छोरा आयो ।’

त्यसपछि बुबासँग पनि माफी माग्छ, तब बुबाले भन्छन्ः ‘आजसम्म यो भन्ने गर्थी कि हामीलाई केही चिन्ता छैन । हाम्रो चिन्ता गर्नेवाला हाम्रो छोरा छ । तर अब तँ फर्केर आफ्नै ठाउँमा जा, म तेरो आमालाई भन्छु कि चिन्ता नगर पहिला दिनहरूमा जस्तै आउने दिनहरूमा पनि म तेरो ख्याल राख्ने छु ।

तब आमाले भन्छिन्ः ‘माफ गर्दिनुस न हाम्रो छोरा हो ।’

हामी सबैलाई थाहा नै छ संसारमा एकमात्र आमा नै हो जसलाई जे भनेपनि उ आफ्नो हात छोराछोरीको शीमा राख्दिन्छिन् ।

बुबाले यदि थप्पड नहान्ने हो भने छोराले टाउकोमा टेक्न शुरु गर्छ । त्यसैले हरेक घरमा बुबाहरु कठोर नै हुन्छन् ।

आमा बुबालाई तपाईंको धन हैन, तपाईंको माया र समय चाहिन्छ ।
उनीहरुलाई माया गर्नुहोस् आमाको ममता अमूल्य हुन्छ ।

भगवान भन्दा पनि ठूलो आमाबुवा हुन्छन् ।

जय जननी ! जय नेपाल !

पूर्णिका शाहको फेसबुक पेजबाट साभार

आइतबार, २१ बैशाख, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर