संखुवासभा । नेपाल प्रेस युनियन सुनसरी शाखाले नेपाल पत्रकार महासंघ संखुवासभालाई माक्स र सेनिटाईजर उपलव्ध गराएको छ ।
प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले संखुवासभामा रहेको मिडिया हाउस र स्थानीय तथा राष्ट्रिय स्तरका पत्रपत्रिकामा कार्यरत सञ्चारकर्मीका लागि माक्स २ सय थान, ५ थान सेनिटाईजर र एन ९० माक्स उपलव्ध गराउनुभएको हो ।
ती सामाग्री पत्रकार दीपेन्द्र शाक्यले महासंघका अध्यक्ष ईन्द्रकुमार गिरीलाई शुक्रबार हस्तान्तरण गर्नुभएको छ । अध्यक्ष गिरीले सुनसरी युनियनका सभापति अधिकारीले पठाएका माक्स संखुवासभामा भएका ८ वटा रेडियो स्टेशन, २ वटा अनलाईन पोर्टल र स्थानीय साप्ताहिक तथा राष्ट्रिय स्तरका सञ्चारकर्मीलाई वितरण गर्ने बताउनुभयो ।
अध्यक्ष गिरीले जिल्लाका स्थानीय तह र उद्योगी व्यापारीले बेवास्ता गरिरहेको अवस्थामा सुनसरी युनियनले पठाएको यी सामग्रीका लागि धन्यवाद व्यक्त गर्नुभएको छ।