काठमाडौं । रेडियो नेपालका बोर्ड सदस्यसमेत रहेका पत्रकार दीपक पाठक साईबर क्राइमको आरोपमा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले विद्युतीय अपराध गरेको आरोपमा झापा घर भई काठमाडौ बस्ने पाठकलाई पक्राउ गरेको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले पाठकलाई पक्राउ गरिएको पुष्टि गर्नुभएको छ । साइबर ब्युरो स्रोतले भने नेकपा अध्यक्ष प्रचण्डलाई लगातार सामाजिक सञ्जालबाट अमर्यादित गालीगलौज गरेको आरोपमा पाठकलाई पक्राउ गरिएको जनाएको छ ।
पाठकको गतिबिधि विरुद्ध उजुरी परेपछि सञ्चार तथा सुचना प्रबिधि मन्त्रालयले पनि उनलाई स्पष्टिकरण सोधिसकेको छ । पाठक प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र मानिन्छन् । प्रधानमन्त्रीकै निर्देशनमा उनलाई रेडियो नेपालको बोर्ड सदस्य नियुक्त गरिएको थियो ।