धान मिलमा आगलागी हुँदा १५ लाख क्षति

दमक । झापाको झापा गाउँपालिका–३ स्थित सिमलबारीमा एक धान मिलमा आगलागी हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ । झापा–३ का प्रसाद राजवंशीले सञ्चालन गरेको धान मिलमा सोमबार दिउँसो आगलागी हुँदा रु १४ लाख ७८ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार चट्याङ परी विद्युत्को तार सर्ट भइ अचानक राजवंशीको धान मिलमा आगलागी हुँदा राजवंशीको मिल तथा छिमेकी प्रल्हाद मण्डलको दुई कच्ची घरसमेत जलेर नष्ट भएको छ । आगलागी प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

ब्राउनसुगरसहित एक जना पक्राउ

झापाको मेचीनगर नगरपालिका–६ मेची पुलबाट ५० ग्राम नियन्त्रित लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरिएको छ । गए राति करिब निर्माणाधीन मेची पुलमुनि खाल्डो खनेर लुकाउँदै गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ का ५८ वर्षीय बच्चु चौधरीलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका चौधरीको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मङ्गलबार, १६ बैशाख, २०७७, दिउँसोको ०१:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर