बलात्कार आरोपी चार जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले एक किशोरीमाथिको सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा चारजना युवकलाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिकाका १९ वर्षीय सन्देश लिम्बू, २१ वर्षीय कुमार राई र १६ वर्षका दुईजना बालकलाई प्रहरीले पक्राउ गरेको हो ।

मोरङको बुढीगंगा गाउँपालिका ७ बडहरा नजिक घारीमा लगेर १६ वर्षीया युवतीलाई उनीहरुले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । ती युवकहरुले जबर्जस्ती घारीमा लगेर धम्क्याउँदै पालैपालो बलात्कार गरेको पीडितले उजुरी दिएकी छन् ।

मोरङ प्रहरीका डीएसपी मानबहादुर राईका अनुसार उजुरीपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट टोली परिचालन गरी पीडकहरुको खोजी गरिएको थियो । त्यस क्रममा उनीहरु बुढीगंगा गाउँपालिका वडा ६ मा लुकेर बसेको स्थानबाट पक्राउ परेका हुन् । घटना गत माघ १५ गतेको हो ।

पाहुना गएकी किशोरीलाई सामूहिक बलात्कार भएको घटनाको जाहेरी भने तीन करिब महिनापछि परेको हो । उजुरीपछि बुधबार उनीहरुलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार, १२ बैशाख, २०७७, दिउँसोको ०४:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर