विराटनगर । ब्लड क्यान्सरबाट पीडित मोरङका पत्रकार कमल पौडेलको उपचारको लागि विराटनगरमा मुख्य कार्यालय रहेको सिर्जना फाइनान्सले सहयोग गरेको छ ।
काठमाडौंस्थित सिभिल अस्पतालमा उपचाररत पौडेलको लागि नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिमार्फत फाइनान्सले १ लाख रुपैयाँ सहयोग गरेको हो ।
बुधबार फाइनान्सका सिईओ भवानीशंकर चापागाईंले महासंघका प्रदेश अध्यक्ष लुईटेललाई चेक हस्तान्तरण गर्नुभएको हो । नागरिकलाई सूचना प्रवाह गर्ने महत्वपूर्ण जिम्मेवारीमा रहेका पत्रकार गम्भीर विरामी भएको र उहाँको उपचारमा लाग्ने ठूलो धनराशी जुटाउन पत्रकार महासंघले सहयोग अभियान चलाएको सूचनापछि फाइनान्सको तर्फबाट सहयोग गरेको चापागाईंले बताउनुभयो ।
पत्रकार पौडलको उपचारमा सहयोग जुटाउने क्रममा यसअघि महासंघके आग्रहमा १ नं. प्रदेश सरकारले पनि ३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको छ ।