डुबेर १४ बर्षीय बालकको मृत्यु

मोरङ । मोरङ उर्लाबारी–१ का हस्तबहादुर राईको छोरा १४ बर्षीय सन्देश राईको खोलामा डुबेर मृत्यु भएको छ ।

आज अपरान्ह ४ बजे आफ्नै घर देखी करिब १ किलोमिटरमा रहेको बक्राखोलामा बालक डुबेका थिए । सन्देशलाई स्थानीयले डुबेको देखेर तत्काल उपचारको लागिअरनिको अस्पताल उर्लाबारीमा ल्याएका थिए । उनको उपचारकै क्रममा साढे ४ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । घटना सम्बन्धमा कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

बुधबार, १० बैशाख, २०७७, साँझको ०५:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर