चट्याङले लागेर ५ जना घाईते

विराटनगर । १ नम्बर प्रदेशका बिभिन्न स्थानमा बर्षासंगै चट्याङ पर्दा चट्याङले लागेर ५ जना मानीस घाईते भएका छन् भने केही चौपायाको मृत्यु भएको छ ।

उदयपुरको कटारी नगरपालिका(११ बेतीनीका ५५ बर्षीय चन्द्र बहादुर मगरको घरमा गए राती साँढे ११ बजे अचानक चट्याङ पर्दा चट्याङले लागेर चन्द्र मगर सहित निजको श्रीमती ४८ बर्षीया मन कुमारी मगर, आमा ७० बर्षीया मन माया मगर र छिमेकी सुमन मगर सामान्य घाईते भएका छन् ।

उक्त चट्याङले लागेर मगरको गोठमा बाधीराँखेको १ वटा बाख्रा समेत समेत मरेको छ । यसैगरी सोही नगरपालिका(६ रिस्कुमा गए राती ११ बजे अचानक चट्याङ पर्दा स्थानीय मेनुका राईको १२ बर्षीय छोरा अस्मान राई सामान्य घाईते भएका छन् ।

उक्त चट्याङले लागेर छिमेकी खुम बहादुर राईको खोरमा रहेका ३ वटा सुंगुर र धन कुमारी राईको खोरमा रहेका २ वटा सुँगुर मरेका छन् । यस्तै ईलामको फाकफपोकथुम गाउँपालिका(२ कालबोटेका ईन्द्र बहादुर चौहानको गोठमा राती १ बजे अचानक चट्याङ पर्दा गोठमा बाँधिरहेको १ वटा भैसी मरेको बताईएको छ भने ताप्लेजुङको त्रिवेणी गाउँपालिका(२ फुलवारीका हरिलाल पाठकको घरमा चट्याङले लाग्दा घरको गाह्रो चर्काएको र सोलार प्यानलमा क्षति भएको छ ।

बुधबार, १० बैशाख, २०७७, बिहानको ११:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर