कानेपोखरी । कोरोना भाइरसको संक्रमण तथा रोकथाम नियन्त्रण गर्न लकडाउन गरिएको अवस्थामा मोरङको कानेपोखरी –२ स्थित आदिवासी जनजातिको भवनमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल आदिवासी जनजाती महासंघ, राष्ट्रिय युवा जागरण मन्च र रमाइलो डायोरनोष्टिक सेन्टरको संयुक्त आयोजनामा शनिबार रक्तदान कार्यक्रम भएको हो ।
यो रक्तदान कार्यक्रममा ६४ प्रिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक एवम नेकपा कानेपोखरीका सचिब मनोज राजवंशीले जानकारी दिनुभयो । व्यक्ति–व्यक्तिहरूबीचको सामाजिक दुरी कायम राख्दै रक्तदान गरिएको राजवंशीले बताउनु भयो । कार्यक्रममा रक्तदाता स्वतःस्फुर्त सहभागीता थियो ।
रक्तदानस्थल प्रवेश गर्नुअघि साबुन पानीले हात धुने, सेनिटाइजर प्रयोग गर्ने व्यवस्था गरिएको रमाइलो डायोरनोष्टि सेन्टरका संचालक प्रकाश धिमालले बताउनु भयो । लकडाउनले गर्दा अहिले रक्तसंचार केन्द्रमा रगत अभाव भएकोले त्यस्को परिपूर्तिका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको राजवंशीले बताउनु भयो ।
कोरोना भाइरस संक्रमणको जोखिमपूर्ण अवस्थामा रक्तदान आयोजना गर्न सामाजिक दुरी कायम गरी रक्तदान कार्यक्रम आयोजना गरिएको उहाँले बताउनु भयो । यहाँका व्यवसायी, समाजसेवी र विभिन्न संघसंस्थाका आवद्ध भएका पदाधिकारी र सर्वसाधरणले रक्तदान गरेका थिए ।
कार्यक्रममा कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, वडा नम्बर २ का वडाअध्यक्ष सुशील बुढाथोकी, ५ का वडाअध्यक्ष चरन गुरुङ, कानेपोखरी गाउँपालिकाको स्वास्थ्य संयोजक रोहिन्द्र राजभण्डारीलगायतको सहभागिता थियो ।