वडा प्रहरीलाई रोटरी क्लबको सहयोग

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वडा प्रहरी कार्यालय विराटनगरलाई मास्क, पन्जा र ह्यान्ड स्यानिटाईजर लगायतका स्वास्थ्य सामाग्रीहरु प्रदान गरेकोवडा प्रहरीलाई रोटरी क्लबको सहयोग छ ।

क्लबले कोरोना भाईरसको जोखिमको बाबजुद पनि अग्रभागमा रहेर अहोरात्र खटिएका सुरक्षाकर्मीहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै उक्त स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको हो । क्लबले वडा प्रहरी कार्यालय विराटनगरलाई २ सय थान मास्क, २ सय थान पन्जा र १ सय थान ह्याण्ड स्यानिटाईजर लगायतका स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको थियो । क्लबकी अध्यक्ष अर्चना तापडिया र पूर्व अध्यक्ष रचना राठी लगायतको समुहलले वडा प्रहरी कार्यालयका डिएसपी वेदप्रसाद गौतमलाई उक्त स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्नुभएको थियो ।

रोटरी क्लब अफ विराटनगर डाउनटाउन विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको संस्था हो । क्लबले भने आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत जारी लकडाउनमो गरिब तथा विपन्न वर्गका परिवारहरुलाई खाद्यान्न र स्वास्थ्य सामाग्री सहयोग गरिरहेको छ ।

शुक्रबार, ०५ बैशाख, २०७७, रातीको ०८:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर