इटहरी । सुनसरीको भोक्राहा नरसिँह गाउँपालिकामा रहेको एक मस्जिदमा १० जना भारतीयहरु बस्दै आएको पाइएको छ ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा रहेको खतिजन कुब्रा नामक मस्जिदमा १० जना भारतीयहरु आश्रय लिएर बसेको फेला परेको हो ।

आश्रय लिएर बसेका उनीहरु भारतको पश्चिम बंगाल राज्यको कलकत्ता नजिक पश्चिम मधनीपुर स्थायी ठेगाना भएकाहरु हुन् । उनीहरु गत फागुनमा सप्तरीको बोदेबसाइनमा सम्पन्न मुस्लिमहरुको धर्मसभामा सहभागी हुन आएको बताएका छन् ।

नेपाल मुस्लिम संघ प्रदेश एकका सभापति हाजी इसराइल मन्सुरीका अनुसार उनीहरु सबैलाई निगरानीमा होमक्वारेन्टाइनमा राखिएको छ ।उनीहरु सबै ३० देखि ५० वर्ष उमेर समूहका छन् ।

लकडाउनपछि १ नम्बर प्रदेशको सुनसरी , मोरंग र उदयपुरका बिभिन्न स्थानमा आश्रय लिएर बस्दै आएका भारतीय, पाकिस्तानी नागरिकहरु फेला पर्दै आएका छन् ।