बागलुङ्गमा नयाँ संक्रमित भेटिएको आशंका

विराटनगर । बागलुङ्गमा कोरोना भाइरसको शंकास्पद बिरामी फेला परेका छन् । सरकारले सञ्चालन गरेको र्यापिड टेष्टका क्रममा संक्रमणको संकास्पद बिरामी भेटिएको हो ।

केही साता अघिमात्र भारतको तीर्थ यात्रा गरेर फर्केकी ६५ वर्षे वृद्धामा संक्रमणको लक्षणहरु देखापरेको हो ।

बागलुङ्ग काठेखोला गाउँपालिकाकी ६५ बर्षिया महिलामा कोरोनाको संक्रमण हुन सक्ने संकेत फेला परेको स्वास्थ्य प्राबिधिकहरुले जनाएका छन् । ‘एक जनामा कोरोना भाइरसको शंका देखापरेको जानकारी आएको छ, त्यसको पुष्टिका लागि काम भैरहेको छ’ जिल्ला कमाण्ड पोष्टका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गौलोचन शैंजुले भन्नुभयो ‘हाम्रा साथीहरु काम गरिहरेका छन्न् । थप चेकजाँच भएपछि मात्रै कोरोना भए नभएको पुष्टि हुन्छ ।’

थप परीक्षणका क्रममा संक्रमण पुष्टि भए नेपालमा कोरोनाबाट संक्रमितको संख्या १३ पुग्नेछ । अहिले १२ जनामा संक्रम पुष्टि भइसकेको छ भने ११ जना उपचारका क्रममा अस्पतालमै छन् । एक जना निको भएर घर फर्किसकेका छन् ।

संक्रमणको शंका देखिएकी महिलाको परिवारलाई क्वारेन्टाईनमा राख्ने तयारी भइरहेको प्रजिअ सैंजुले जानकारी दिनुभयो । बागलुङ्गमा ३ सय ८६ जनाको र्यापिड टेष्ट गरिएको थियो ।

आइतबार, ३० चैत, २०७६, रातीको ०८:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर