विराटगनर । प्रदेश १ का क्वारेन्टाइनमा राखिएका संकास्पद व्यक्तिहरुको शुक्रबार १३० जनामा गरिएको द्रुत परीक्षणको रिपोर्ट आएको छ । सबै रिपोर्ट नेगेटिभ आएको छ ।
नेगेटिभ देखिएका ति व्यक्तिहरु मध्ये १० प्रतिशतको स्वाब क्रस चेकका लागि संकलन गरिएको छ र त्यसको शनिबार पुन परीक्षण गर्ने तयारी भएको छ । कोशी अस्पथतालमा स्थापना भएको पिसिआर प्रणाली अनुसार शनिबार नै परीक्षण गर्ने बताइएको छ ।
प्रदेश १ अन्तर्गत झापाको भद्रपुरस्थित कलवलगुढी क्वारेन्टाइनका२७ जना, झापा आदर्श मावि क्वारेन्टाइनका ८ जना, मोरङ्गको टाँडी क्वारेन्टाइनका ४१ जना, उदयपुर त्रियुगा क्वारेन्टाइनका ८ जना, उदयपुर हडिया क्वारेन्टाइनका ६ जना, उदयपुर राैतामाई क्वारेन्टाइनका ४ जनाको स्वाब परीक्षण गरिएको थियो ।
यसैगरी शनिबारबाट झापा, मोरङ्ग, सुनसरी र उदयपुर जिल्लामा रहेका अन्य क्वारेन्टाइन तथा भोजपुर, संखुवासभा , तेह्रथुम र धनकुटा जिल्लामा भएका क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको परीक्षण गर्ने तयारी छ । त्यसका लागि स्वाब संकलन गर्न प्राविधिकहरु परिचालन भइसकेको बताइएको छ ।