१६ लाख संक्रमित ९५ हजारको मृत्यु

अमेरिकामा दैनिक १९ सयले ज्यान गुमाउदै

एजेन्सी । कोरोना भाइरसबाट विश्वभर १६ लाख बढी मानिसहरु सङ्क्रमित भएका छन् । भाइरस संक्रमणका कारण ९५ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । बिहीबार मात्र विश्वका ७ हजार भन्दा बढी व्यक्तिले भाइरस सङ्क्रमणबाट ज्यान गुमाएका थिए ।

कोरोना भाइरसका कारण बिहीबार अमेरिकामा १९ सयको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १६ हजार ६ सय ९१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टाभित्र ३३ हजार ५ सय बढी नयाँ सङ्क्रमित थपिएका छन् । तथ्यांकअनुसार अमेरिकामा संक्रमित हुनेको संख्या ४ लाख ६८ हजार ५ सय ६६ पुगेको छ ।

त्यस्तै बिहीबार फ्रान्समा १३ सय ४१ जनाको मृत्यु भएको छ भने ४ हजार ८ सय नयाँ ङ्क्रमित थपिएका छन् । फ्रान्समा मृत्यु हुनेको संख्या १२ हजार २ सय १० पुगेको छ भने सङ्क्रमितको संख्या १ लाख १७ हजार ७४९ पुगेको छ । इटालीमा मृत्यु हुनेको संख्या १८ हजार नाघेको छ ।

विश्वका २ सय नौ देशमा फैलिएको यो भाइरसबाट मृत्यु हुनेको संख्या ९५ हजार ६ सय ९१ पुगको छ । हिजो मात्रै सात हजार भन्दा बढी मानिसको ज्यान गएको छ भने ८४ हजार भन्दा बढी नयाँ बिरामी थपिएका छन्। विश्वभर संक्रमितको संख्या १६ लाख नघेको छ । अहिलेसम्म ३ लाख ५६ हजार २ सय ८३ जना सङ्क्रमित उपचारपछि ठिक भएका छन् ।

शुक्रबार, २८ चैत, २०७६, बिहानको ०८:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर