विराटनगरका पसल अनुगमन

विराटनगर । विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय मोरङ्गको संयुक्त टोलीले वडा नं. २ स्थित सञ्चालनमा रहेको एक किराना पसलको अनुगमन गरेको छ ।

दैनिक उपभोग्य वस्तु तथा चिसो पेय पर्दाथहरु बढी मुल्यमा बिक्री वितरण भइरहेको उजुरी परेपछि टोलीले उक्त पसलको अनुगमन गरेको हो । महानगरमा बुधबार मात्रै विराटनगर–२ स्थित विराट नसिङ होम अगाडि सञ्चालित उक्त पसलमा बिहान र बेलुका एउटै वस्तु फरक मुल्यमा बिक्रि वितरण भईरहेको उजुरी परेको थियो ।

उजुरी परे लगत्तै विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले पसलको अनुगमन गरेको हो । प्रारम्भिक चरणको अनुगमनमा महानगरले उक्त पसललाई खरिद बिलको व्यवस्था गर्न, लकडाउन खुले लगत्तै पसल प्यान÷भ्याटमा दर्ता गराउन, पसलमा म्याद समाप्त भईसकेको वस्तुको बिक्रि वितरण बन्द गर्न तथा बढी मुल्यमा बिक्रि वितरण नगर्न निर्देशन दिएको छ । एकपटक दिईएका निर्देशनहरु पुनः अनुगमन गर्दा पालना नभएको पाईए प्रचलित कानुन अनुसार कारबाही गरिने विराटनगर महानगरपालिकाकी उप–मेयर ईन्दिरा कार्कीले बताउनुभयो ।

लकडाउन भएपछि बढ्दो कालोबजारीलाई निरुत्साहित पार्न विराटनगर महानगरपालिकाले भने बजार अनुगमनलाई तीव्रता दिएको छ ।

बिहिबार, २७ चैत, २०७६, साँझको ०६:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर