कोरोना परीक्षणको मापदण्ड फराकिलो बनाउन अपील

COVID-19 को रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले हाल गरिरहेका प्रयत्नलाई थप प्रभावकारी बनाउनका लागि गर्नैपर्ने केही विषयमा हामीले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनलाई खुला अपील मार्फत ध्यानाकर्षण गराइसकेका छौं । स्वास्थ्यतथा जनसंख्यामन्त्रालयले हाल अवलम्वन गरेको परीक्षण रणनीति सम्भाव्य संक्रमणविस्तारको चेन रोक्नको लागिअप्रभावकारीरहेको कुरालाई मध्येनजर गर्दै विश्व स्वास्थ्य संगठनसँगको समन्वयमा स्वास्थ्यतथा जनसंख्यामन्त्रालयलेपरीक्षणको उपयुक्त मापदण्ड (eligibility criteria for testing) को दायरा फराकिलोबनाउन, समुदायमाआधारित सकृय निगरानी (Community-based surveillance)लाई बलियो बनाउन र सशक्ततथाआक्रामक ढङ्गमा संक्रमितको खोजी (Contact Tracing)तथा परीक्षण (Testing)लाई बिस्तार गर्न १० हजार भन्दा वढी व्यक्तिले अनलाईन मार्फत अपीलमा (https://www.change.org/p/minister-of-health-and-population-nepal-an-open-appeal-to-the-mohp-and-who-nepal-to-expand-covid-19-testing) हस्ताक्षर गरी सरकारलाई ध्यानाकर्षण गर्नुभएको छ ।उक्त खुला अपील यसैसाथ संलग्न रहेको छ।

नेपाल सरकारले अबलम्बन गरेका अन्य उपायहरूका अतिरिक्त यो अपीलमा उल्लेखित विषयहरूलाई गम्भिरताका साथ लिई अबलम्बन गर्न र संभाव्य संकटलाई व्यवस्थापन गर्न हामी हार्दिक आव्हान गर्दछौं।

मिति : २०७६ चैत्र २४ गते

डा. निमेष ढुङ्गाना, जनस्वास्थ्य अनुसन्धानकर्ता– लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रप्मेड
अमृत अर्याल, जनस्वास्थ्य विज्ञ–लाओस
सदिप पोखरेल, जनस्वास्थ्य विज्ञ– नेपाल
सतिशराज पाण्डे, जनस्वास्थ्य विज्ञ–नाइजेरिया
सुशील कोइराला, जनस्वास्थ्य अनुसन्धानकर्ता– बैंकक थाइल्याण्ड

मङ्गलबार, २५ चैत, २०७६, बिहानको १०:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर