विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले केही बेरपछि राष्टज्ञका नाममा सम्बोधन गर्नुहुने भएको छ । अहिले बिहान ११ बजे उहाँले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी छ ।
प्रम ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो ट्वीटरमार्फत पधानमन्त्री ओलीले ११ बजे सम्बोधन गर्न लागेको जानकारी दिनुभएको हो । सरकारी टेलिभिजन एनटीभीबाट उहाँको सम्बोधन प्रत्यक्ष प्रशारण हुनेछ ।
प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरिरहेका कामबारे जनतालाई सम्बोधन मार्फत जानकारी गराउनुहुने बताइएको छ । सरकारले यस क्रममा गरेका कतिपय काममा भएका आलोचनाका विषयमा पनि सम्बोधन मार्फत स्पष्ट पर्ने अनुमान गरिएको छ ।
प्रधानमन्त्रीले लक डाउन जारी हुनुअघि चैत ७ गते देश देशवासीलाई सम्बोधन गर्नुभएको थियो ।