विराटनगर । प्रदेश नं. १ मा प्रविधिमा आधारित शिक्षण सिकाई कार्यक्रम अर्थात ‘भर्चुअल कक्षा’ शुरु गरिएको छ ।
विश्व महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड १९) का कारण सरकारले देशव्यापी लकडाउन गरेपछि प्रदेश १ को सामाजिक विकास मन्त्रालयले प्रविधिमा आधारित शिक्षण सिकाइ कार्यक्रम शुरु गरेको हो ।
विद्यालय शिक्षा गुणस्तर सुधार अभियान अन्र्तगत चैत १७ गतेदेखि शुरु कार्यक्रममा प्रदेश नं. १ का १४ जिल्लाका १ सय विद्यालयका शिक्षक सहभागी भएका छन् । प्रविधिमैत्री शिक्षक समाजसँगको सहकार्यमा शुरु ‘भर्चुअल कक्षा’ हरेक दिन २ घण्टा चल्ने छ ।
मन्त्रालयले इ–लर्निङ तालिमको योजना बनाईरहेको समयमा देशव्यापी लक डाउन भएपछि ‘भर्चुअल कक्षा’ शुरु गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । ३ हजार शिक्षकलाई तालिम दिने तयारी भएपनि लकडाउनका कारण नसकीउको मन्त्री घिमिरेले बताउनुभयो । उहाँका अनुसार भर्चुअल कक्षामा प्रविधिमा आधारित फोक शिक्षकलाई केन्द्रित गरिएको छ ।
मन्त्रालयले अहिले अनलाईन शिक्षाको प्रणाली विकास गरेर काम गरिरहेको मन्त्री घिमिरले बताउनुभयो । ‘भर्चुअल कक्षा’ लकडाउन जारी रहे सम्म हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ लकडाउन पछि पनि यसखाले शिक्षण विधिबारे हामीले सोचिरहेका छौं ।’
‘भर्चुअल कक्षा’ले प्रदेश १ भरिका शिक्षकलाई लकडाउनका समयमा सहयोग पुगेको मन्त्री घिमिरेको भनाई छ । दैनिक कक्षा सम्पन्न भएपछि सूचना प्रविधि विज्ञले सुझाव दिने गरेका छन् । काठमाडौंमा रहेका प्रविधि विज्ञ डा. दोभान राई र मनोज घिमिरेले सुझाव दिने गरेका छन् ।




2 प्रतिक्रियाहरू
2 प्रतिक्रियाहरू
संस्थागत बिधलय मा कर्यरत शिक्षक का लागी के कस्तो व्यवस्था गरिएको छ।
शिक्षण पेशामा आबद्ध शिक्षकहरूको लागि समयसापेक्ष अध्यवधिक हुन तथा गराउन तर सबै शिक्षकमा यो तालिम अवश्यक भएको महशुस छ
प्रतिक्रियाहरू बन्द छन्।