कोरोना संक्रमित मध्ये २४ प्रतिशत अमेरिकामा

 

एजेन्सी/ विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ । शुक्रबार बिहानसम्म विश्वमा १० लाख १५ हजार ४६६ जनामा भाइरस संक्रमण भइसकेको छ । कुल संक्रमितमध्ये अमेरिकामा मात्र २४ प्रतिशत छन् । अमेरिकामा २ लाख ४४ हजार ६ सय ८१ जना कोरोनाबाट संक्रमित भइसकेका छन् ।

फ्रान्समा एकैदिन १३ सय ५५ को मृत्यु

फ्रान्समा कोरोनाभाइरसका कारण एकैदिन १३ सय ५५ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृतकको संख्या ५ हजार ३ सय ८७ पुगेको छ । त्यहाँ २ हजार १ सय १६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै फ्रान्समा ५९ हजार १ सय ५ पुगेको छ ।

अमेरिकामा ९६८ को मृत्यु, २ लाख ४४ हजार संक्रमित

अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९ सय ६८ जनाको मृत्यु भएको छ । बिहीबार बुधबार एक हजार ४९ जनाको मृत्यु भएको अमेरिकामा बिहीबार ९ सय ६८ जनाको ज्यान गएको छ । त्यहाँ अघिल्लो दिनको तुलनामा ८१ जनाले मृतकको संख्या घटेको छ । योसँगै अमेरिकामा मृतकको संख्या ६ हजार ७० पुगेको छ । अमेरिकामा २९ हजार ६ सय ७८ नयाँ संक्रमितको पहिचान भएको छ । योसँगै त्यहाँ कोरोना भाइरस संक्रमणमा पर्नेको संख्या २ लाख ४४ हजार ६ सय ८१ पुगेको छ ।

संक्रमितमध्ये ५ हजार ४ सय २१ को अवस्था गम्भीर छ भने हालसम्म अमेरिकामा १० हजार ४ सय ३ जना संक्रमित निकोसमेत भएर फर्किएका छन् ।

शुक्रबार, २१ चैत, २०७६, बिहानको ०८:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर