सडकमा गुड्यो खाली कुर्सी

विराटनगर । सरकारले घोषणा गरेको लकडाउनका कारण ढुवानीका सबै साधनहरु बन्द भएका छन् । सवारी साधन सञ्चालन नहुँदाका समस्याहरु कयौं छन् । बिहीबार एक जना मजदुरले ज गर्दै थिए त्यसले पनि कठिनाईहरु कस्ता कस्ता छन् भन्ने देखाउँछ ।

मध्यान्ह १२ बजेको समय । विराटनगरको टन्टलापुर घाम । अत्यावश्यक काममा हिड्ने बाहेक सडक सुनसान । त्यहि सुनसान सडकमा कुर्सी गुडाउदै थिए एक जना मजदुर ।

तीन किलोमिटर टाढाबाट उनी कुर्सी गुडाउदै आएका थिए । कहाँबाट ल्याएको कुर्सी ? उनले भने ‘ मर्मत गरेर ल्याएको ।’ विराटगनर बरगाछी स्थित ग्रिनक्रस अस्पतालको कुर्सी रहेछ । रिक्सादेखि सामान बोक्ने साधन नपाएपछि अस्पतालले कुर्सी ल्याउन भनेपछि तीन किलोमिटर टाढादेखि तिनै मजदुरले कुर्सी गुडाउदै ल्याएका रहेछन् ।

सुनसान सडकमा खाली कुर्सी गुडाउँदा फाट्टफुट्ट हिड्ने मोटरसाइकलका यात्रुहरु फर्किफर्की हेर्दै हिडिरहेका देखिन्थे ।

बिहिबार, २० चैत, २०७६, दिउँसोको ०३:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर