विराटनगर । प्रदेश सरकारले स्थापना गरेको जनसुरक्षा कोषमा कुमारी बैंक लिमिटेड प्रदेश कार्यालयले १० लाख रुपैयाँ सहयोग गरेको छ ।
बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर बैंकका प्रतिनिधिहरुले मुख्यमन्त्री शेरधन राईलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।
बैंकका बरगाछी शाखाका प्रमुख नितेश शर्मा, विराटनगर शाखाका प्रमुख अंकित पाण्डे लगायतको टोलीले त्यस अवसरमा उपस्थित थियो ।
कुमारी बैंकले सातै प्रदेशका सरकारलाई १०/१० लाख रुपैयाँको दरले कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारले स्थापना गरेको जनसुरक्षा कोषमा अहिलेसम्म २ करोड बढी सहयोग रकम संकलन भइसकेको छ । प्रदेश सरकारले १० करोड रुपैयाँ जम्मा गरेर कोषमा सहयोग गर्न सर्वाजनिक अपिल गरेको थियो ।
सहयोग रकम बुझ्दै मुख्यमन्त्री शेरधन राईले विपद् विरुद्ध लड्न सबै क्षेत्रको सहयोग आवश्यक भएको भन्दै धन्यवाद दिनुभयो । उहाँले विपद् अन्त्य भएपछि सबै सहयोगी संस्थाहरुसँग सामुहिक बैठक बसेर त्यसको विवरण सार्वजनिक गर्ने पनि जानकारी गराउनुभएको छ ।