लोड हुँदैछ...

मेनु

कोरोना नियन्त्रण कोषमा आयल निगमको ५० करोड सहयोग

कोरोना नियन्त्रण कोषमा आयल निगमको ५० करोड सहयोग

विराटनगर । नेपाल आयल निगमले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई ५० करोड रुपैयाँ दिएको छ ।

निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले ५० करोड रुपैयाँ कोषमा प्रदान गर्ने निर्णय गरेको थियो ।

बुधबारको निर्णय अनुसार ५० करोडको चेक बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइसकेको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।