विराटनगर । कोरोना संक्रमितको उपचार गर्न प्रदेश नं. १ को राजधानी विराटनगरस्थित ५० शैय्याको अस्पताल दुई दिनभित्र सञ्चालनमा आउने भएको छ ।
कोरोना संक्रमित बिरामीको उपचारका निम्ति गत चैत्र ८ गतेदेखि निर्माण थालिएको अस्पताल एक साताभित्र सञ्चालन गर्ने निर्णय मन्त्रीपरिषदले गरेकोमा अझै दुई दिन लाग्ने भएको हो ।
प्रदेश मन्त्रिपरिषदको चैत्र ७ गते बसेको बैठकले विराटनगरस्थित नेशनल टे«डिङको खाली भवनलाई ७ दिनभित्रमा ५० शैय्याको अस्पतालको रुपमा परिणत गर्ने निर्णय गरेको थियो । १० बेडको भेन्टिलेटरसहित ५० शैय्याको अस्पताल बनाउने काम अब भने अन्तिम चरणमा पुगेको सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।
हाल अस्पतालको अधिकांश भौतिक निर्माणको काम सकिएको र प्राबिधिक उपकरणको काम भइरहेको छ । अबको २ दिनभित्रमा अस्पताल सञ्चालन गर्ने तयारी रहेको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले आन्तरिक मर्मत सम्भार, बिजुली, एसी, सीसीटिभी क्यामेरा र अक्सिजन पाईपलाईन जडानलगायतका कार्यहरु मङ्गलबार सम्पन्न हुने र बुधबार सबै उपकरण जडान गरिने जानकारी दिनुभयो ।
अस्पतालको निर्माणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य गरी करिब १ सय ५० जनाको समूह परिचालित छ । अस्पतालका लागि आवश्यक पर्ने सम्पूर्ण यन्त्र उपकरणहरु विराटनगर आईसकेको छ भने आवश्यक जनशक्ति कोसी अस्पताल र आवश्यकता अनुसार निजी अस्पतालको परिचालन गर्ने योजना छ ।
paxi ko lagi pani hune gari pradesh 1 ko saruwa roga niyantrana asptal banaiyosa