कोरोना परीक्षणमा प्रदेश १ : सबैको नतिजा नेगेटिभ

४६ जनाको नमुना संकलन/रिपोर्ट आएको ३० नेगेटिभ, १६ जनाको रिपोर्ट आउने क्रममा

४६ जनाको नमुना संकलन/रिपोर्ट आएको ३० नेगेटिभ, १६ जनाको रिपोर्ट आउने क्रममा

विराटनगर । प्रदेश नं. १ बाट कोरोना भाईरस (कोभिड १९) का ४६ जनाको नमुना संकलन गरिएकोमा ३० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

मंगलबारसम्मा १० महिलासहित ४६ जनाको नमूना संकलन गरिएकोमा ३० जनाको रिपोर्ट आइसकेको र सबै रिपोर्ट नेगेटिभ रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले जानकारी दिनुभयो ।

अहिलेसम्म झापाबाट ५ जना, मोरङबाट ७ जना, सुनसरीबाट २५ जना, धनकुटाबाट १ जना, ते¥हथुमबाट २ जना , सोलुखुम्वुबाट २ जना, उदयपुरबाट १ जना र पाँचथरबाट ३ जनाको नमूना संकलन गरि परीक्षणको लागि प्रयोगशालामा पठाइएको थियो । उनीहरुमध्ये १६ जनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै प्रदेश नं. १ मा मंगलबारसम्म ७ जना आईसोलेसनमा छन् । चार महिला र ३ पुरुषलाई आइसोलेसनमा राखिएको छ । डा.मेहताका अनुसार सोलुमा १, उदयपुरमा २, पाँचथरमा ३ र ताप्लेजुङका १ जना आईसोलेसनमा भर्ना भएका हुन् । आईसोलेसनमा भर्ना भएकामध्ये २ जना डिस्चार्ज भएको प्रवक्ता डा. मेहताले बताउनुभयो ।

प्रदेश नं. १ मा हाल सम्म ३५ वटा अस्पतालका ३ सय ६१ वटा आईसोलेसन बेड तयार भएको छ । ती अस्पतालहरुको लागि मन्त्रालयले मंगलबार पीपीई सेट २ सय ९७ थान, आईआर थर्ममिटर १६ थान, सर्जिकल मास्क २२ हजार १ सय ५० थान, ग्लोब्स १८ हजार ५ सय २६ थान, ह्याण्ड सेनिटाईजर ८ सय १८ थान र पीपीई गाउन ३५ वटा वितरण गरेको जनाएको छ ।

प्रदेश नं. १ का स्वास्थ्य संस्थाहरुले फिबर क्लिनिक बन्द गरेको भन्दै अविलम्व सञ्चालन गर्न मन्त्रालयले निर्देशनसमेत दिएको छ । मन्त्रालयले आकस्मिक र फिबर क्लिनिक बाहेकका सेवा बन्द गर्न निर्देशन दिएपनि कतिपय स्वास्थ्य संस्थाहरुले फिबर क्लिनिक पनि बन्द गरेको गुनासो आएपछि अबिलम्व सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

मङ्गलबार, १८ चैत, २०७६, साँझको ०६:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर