एजेन्सी । आजबाट लागु हुने गरी भुटानले २१ दिने लकडाउन घोषणा गरेको छ । सोमबार घोषणा भएको २१ दिने लकडाउन आज मंगलबारबाट लागु हुनेछ ।
भुटानका प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउन्टमा सरकारले २१ दिने लकडाउन गर्ने निर्णय गरेको उल्लेख छ । उच्च सर्तकताका लागि लकडाउन अत्यावश्यक वाध्यता बनेको प्रधानमन्त्री ट्युटमा उल्लेख छ ।
भुपरिवेष्ठित मुलुक भुटानमा सोमबार मात्र चार जनामा कोरोना भाइरसको सङ्क्रमण घेटिएको थियो । संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै २१ दिने लकडाउन घोषणा गरिएको हो ।
अमेरिकाको जोन्स हकिन्स विश्वविद्यालयका अनुसार सबैभन्दा पहिलो बिरामी मार्च ५ मा भेटिएका थिए । ती व्यक्ति अमेरिकाका ७६ वर्षीय पर्यटक थिए । उनी भारतको आसाम घुमेर भुटान आएका थिए ।