लोड हुँदैछ...

मेनु

चिनियाँ राष्ट्रपतिलाई नेकपा अध्यक्षको पत्रः नेपाललाई सहयोग गर्न अपिल

चिनियाँ राष्ट्रपतिलाई नेकपा अध्यक्षको पत्रः नेपाललाई सहयोग गर्न अपिल

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको नेपाललाई सहयोग गर्न अपिल गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्र पठाउनुभएको छ ।

कोरोना महामारी नियन्त्रण गर्न चीन सफल भएकोमा राष्ट्रपति सीलाई बधाई दिँदै पत्रमा नेपाललाई सहयोग गर्न अपिल गरिएको छ ।

चीनले कोरोना संक्रमणलाई सफलतापूर्वक नियन्त्रण गरेको मैले मिडियाहरुबाट जानकारी पाएको भन्दै पत्रमा यो लडाइँमा जित हात पारेकोमा नेकपाको तर्फबाट बधाई ज्ञापन गरिएको छ । मार्च २६ को मिति राखिएको पत्रमा नेपाल अहिले यो महामारीसँग जुधिरहेको उल्लेख गर्दै सहयोगका लागि राष्ट्रपति सीलाई अपिल गरिेएको छ ।

नेपाल यो महामारीसँग जुध्‍नका लागि तयार अवस्थामा नरहेको भन्दै पत्रमा अध्यक्ष प्रचण्डले औषधि र अन्य मेडिकल सामग्री सहयोग गर्न आग्रह गर्नुभएको छ ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Laxmi nath th
March 29, 2020 11:21 PM

Good work!

प्रतिक्रियाहरू बन्द छन्।