लोड हुँदैछ...

मेनु

बाहिर निस्किए बहिष्कार

प्रहरीसँगै युवा पनि डण्डा लिएर आउने

प्रहरीसँगै युवा पनि डण्डा लिएर आउने

विराटनगर । मोरङ प्रहरीले लकडाउनको समयमा बाहिर निस्कने सर्वसाधरणलाई घरभित्रै बसाउनका लागि युवालाई पनि सडकमा परिचालन गर्ने भएको छ ।

मोरङ प्रहरीका प्रमुख विश्व अधिकारीले प्रहरी साथी म भन्ने नाराका साथ युवालाई पनि सडकमा उतार्न लागिएको बताउनु भयो । ‘आफ्नो–आफ्नो ठाउँमा बहिष्कारको नीति लिनुप¥यो, अब प्रहरी कुर्ने होइन आफैं डण्डा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता छ । हामीले केही ठाउँमा प्रहरीको साथी म भन्ने नेटवर्क बनाएका छौं,’ अधिकारीले भन्नुभयो, ‘प्रहरी सँगसँगै युवालाई उतार्ने अभियान अब हामी विराटनगरबाटै सुरु गर्छौं । समाज बच्ने हो भने हामी आफ्नो समाज आफ्नो घर र आफ्नो ठाउँबाटै पहल लिनु जरुरी छ ।’

उहाँका अनुसार आजदेखि बेलुकाको समयमा थप कडाइ गर्न सशस्त्र प्रहरी गणबाट थप बल मगाएको छ । बेलुकाको व्यवस्थाको लागि अझै हामी कडा रुपमा प्रस्तुत हुने उहाँले बताउनु भयो । उहाँले आफू सेभ हुनका लागि अरु पनि घरबाट निस्कनु भएन निस्कनेलाई बहिष्कार गर्नुपर्ने बताउनु भयो ।

6 प्रतिक्रियाहरू

6 प्रतिक्रियाहरू

Abhishek Yadav
March 28, 2020 6:10 PM

Mo pani tayar xu sir.. To participate in this work.

Navratan Raj Thakur
March 28, 2020 7:55 PM

We r Ready For it…

keshab bhujel
March 28, 2020 9:21 PM

Ma pani sahamat xu ra yo samsya ko ghadi ma sahayog pani garna chahanxu
Call me any time 986200567
ward no 10

Chandan yadav
March 28, 2020 10:23 PM

Good i like it. We are also support.

ANISH PURI
March 29, 2020 8:53 AM

BIRATNAGAR-2TINPAINI BATA MA NI SAHAMAT XU YASMA 🙏🙏PLZ SAMLAGNA GARNA MILXA BHANE ..

Manoj sharma
March 29, 2020 9:52 AM

I support you.

प्रतिक्रियाहरू बन्द छन्।