लोड हुँदैछ...

मेनु

घरभाडा छुट दिनुपर्ने इटहरी उपमहानगरको निर्णय

घरभाडा छुट दिनुपर्ने इटहरी उपमहानगरको निर्णय

इटहरी । सुन्सरीको इटहरी उपमहानगरपालिकाले नगरक्षेत्रका घरधनीहरुले कोरोनाको प्रभाब रहेको समयसम्म घरबहालमा ५० प्रतिशतछुट दिनुपर्ने निर्णय गरेको छ।

शनिबार बिहान बसेको उपमहानगरनगर कार्यपालिकाको बैठकले कोरोना भाइरसको महामारीका बेला घरबहालमा छुट दिनुपर्ने निर्णय गरेको हो।

नगरप्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले नगरक्षेत्रका दलित र विपन्न वर्गका लागि खाद्यान्न उपलब्ध गराउने निर्णयसमेत गरेको छ। दैनिक गुजारा गर्नै कठिन हुनेहरुलाई खाद्यान्न उपलब्ध गराउने निर्णय भएको उपमहानगरले जनाएको छ ।

बैठकले नगर क्षेत्रमा रहेका सबै जनप्रतिनिधिको एक महिनाको सेवा सुविधा विपद् कोषमा लगाउने निर्णय गरेको छ । यस्तै कर्मचारीको एक हप्ताको तलब कोषमा जम्मा हुनेछ । सो कोषबाटै राहत वितरण गर्ने उपमहानगरले जनाएको छ ।

वडा कार्यालयले दैनिक गुजारा गर्न समस्या हुने विपन्न वर्गहरुको लगत संकलन गरि सम्बन्धित वडाबाटै राहत वितरण गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अघिकृत कृष्णप्रसाद चापागाईले जानकारी दिनुभयो ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Mithlesh raj mehta
April 1, 2020 11:17 AM

Student haru ko gharbhada free gariyo ko xa ki xaina .yo chaitra mahina ko biratnagara ma

प्रतिक्रियाहरू बन्द छन्।