दुबईबाट दिल्ली हुँदै आएका धनगढीका ३४ वर्षीय युवा काठमाडौंबाट बुद्ध एयरमा नेपालगञ्ज र बसमा धनगढी पुगेका थिए
विराटनगर । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमण भएका चौथो व्यक्ति पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
चैत ११ गते उनी अस्पताल भर्ना भएका उनी दुबईबाट आएको मन्त्रालयले जनाएको छ । ३४ वर्षका ती व्यक्तिको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।
नेपाल कोरोना भाइरसबाट संक्रमित चौथो युवा गत चैत ७ गते भारतको नयाँ दिल्ली हुँदै काठमाडौँ आएको पुष्टि भएको छ। उनी कुन जहाजबाट आए भन्नेबारेमा स्वास्थ्य मन्त्रालयले खुलाएको छब्ैन ।
उनी काठमाडौँ काठमाडौं उत्रिसकेपछि एक दिन बसेर बुद्ध एयरको जहाजबाट नेपालगञ्ज गएको खुलेको छ । त्यसपछि उनी स्थलमार्ग हुँदै बसको प्रयोग गरेर सुदूरपश्चिमको राजधानी धनगढीसम्म पुगेको बताइएको छ ।
चौथो संक्रमित भेटिएपछि सरकारले विदेशबाट आएका अरु पनि हुनसक्ने भन्दै सबैलाई क्वारेरेन्टाइनमा बस्न आग्रह गरेको छ । यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमा चीनबाट आएका विद्यार्थी उपचारपछि घर फर्किसकेका छन् ।
अहिले पनि दुई जना काठमाडौं स्थित शुक्रराज अस्पतालमा उपचाररत छ । फ्रान्सबाट आएकी १९ वर्षीया युवती र दुबईबाट आएका धादिङका ३२ वर्षीय व्यक्तिमा कोरोना देखिएको छ ।