लोड हुँदैछ...

मेनु

छैसठ्ठी सवारी साधन नियन्त्रण

छैसठ्ठी सवारी साधन नियन्त्रण

विराटनगर । लकडाउनको समय अनावश्यक रुपमा सडकमा दौडेका ६६ सवारी साधन शुक्रबार मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाका विभिन्न भागबाट प्रहरीले ६१ थान मोटरसाइकल, तीन थान ट्रयाक्टर र दुई थान ट्रक नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन लकडाउन अन्त्य भएपछि मात्र छोड्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।