कोरोना रोक्न चीनमा विदेशीलाई प्रतिबन्ध

कोरोना भाइरसको संक्रमण रोक्न चीनले विदेशीहरूलाई आफ्नो देशमा प्रवेश गर्न नदिने निर्णय गरेको छ।

चिनियाँ विदेश मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै शुक्रबार मध्यरातदेखि लागू हुने गरी विदेशीको प्रवेशमा प्रतिबन्ध लगाएको हो।

यसअघि नै जारी भइसकेका चीन प्रवेशाज्ञाहरूलाई रद्ध गरिएको छ। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको उद्गम थलो चीनको वुहानमा उक्त भाइरसको संक्रमण लगभग नियन्त्रमा आएपनि पछिल्लो समय युरोप र अमेरिकामा यसको प्रकोप बढिरहेको छ।

कोरोना प्रभावित मुलुकबाट आफ्नो देशमा संक्रमितहरू नआऊन् भनेर केही समयका लागि विदेशीलाई प्रतिबन्ध लगाइएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। अहिलेको महामारीलाई रोक्न अरू देशलेझैं चीनले चालेको यो कदम पनि केही समयका लागि भएको विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

चीनमा अहिलेसम्म ८१ हजार ३ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३ हजार २ सय ९२ मानिसले ज्यान गुमाएका छन्। संक्रमितमध्ये अधिकांश उपचारपछि घर फर्किएका छन् भने ७ हजार २३४ जनान उपचारको क्रममा छन् । एजेन्सी

शुक्रबार, १४ चैत, २०७६, बिहानको ११:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर