विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमणको जोखिम बढ्नसक्ने अनुमान गर्दै प्रदेशमा थप ८ सय बेड आइसोलेसन बनाउन अस्पतालहरुलाई निर्देशन दिएको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बिहीबार प्रदेशका ठूला ६ वटा अस्पताललाई आइसोलेसन बेड निर्माण गर्न निर्देशन दिएको हो ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार अहिले भएका आइसोलेसनले मात्र प्रदेशको जोखिम उठाउन नसक्ने देखिएकोले थप आइसोलेसन निर्माणको लागि निर्देशन दिएको बताउनुभयो । प्रदेश १ मा अहिलेसम्म १३३१ वेडको क्यारेन्टाइन र २३२ वेडको आइसोलेशन तयार भइसकेको बताइएको छ ।
प्रदेश सरकारले विराटनगरस्थित कोशी अस्पतालमा १ सय, नोबेलमा २ सय, विराट मेडिकल कलेजमा १ सय, बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा १ सय ५०, झापास्थित मेची अस्पतालमा ५० र धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ सय बेडको व्यवस्था मिलाउन निर्देशन दिएको छ । यसका साथै चिकित्सकहरुमा कोरोना शंकास्पद बिरामीको उपचारका लागि आवश्यक पर्ने पिपिईको बढ्दो मागलाई मध्यनजर गदै प्रदेश सरकारले १४ वटै जिल्लामा न्युनतम् संख्यामा पिपिई वितरण गरिरहेको जनाएको छ ।
नेशनल ट्रेडिङको अस्पताल अन्तिम चरणमा
यता विराटनगमा प्रदेश नं। १ सरकारद्वारा कोरोना संक्रमितको उपचार गर्न निमार्णाधिन ५० शैय्याको अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले कोरोना सङक्रमित बिरामीको उपचारका निम्ति निर्माण गरिरहेकोे अस्पताल निर्माणको ८० प्रतिशत काम सकिएको छ ।
कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै गत चैत ७ गते प्रदेश नं। १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले एक साताभित्र प्रदेशमा न्युनतम १० बेडको भेन्टिलेटरसहित ५० शैय्याको अस्पताल बनाउने निर्णय गरेको थियो । चैत ८ गतेदेखि विराटनगरस्थित नेशनल टे«डिङको खाली भवनलाई अस्पतालको रुपमा विकास गर्ने कार्य थालिएकोमा अहिले अन्तिम चरणको काम भइरहेको छ ।
स्पताल सञ्चालनका लागि भवनको भौतिक संरचना विकास, मर्मत सम्भार, रङरोगन, बिजुली बत्ती जडान, खानेपानी र अक्सिजन पाईपलाईन जडान लगायतका कार्यहरु भईसकेको छ । यन्त्र उपकरणको जडानको कार्य पनि दु्रतगतिमा अघि बढाईएको छ ।
विराटनगरस्थित कोशी अस्पतालको ईकाईको रुपमा सञ्चालन हुने सो अस्पतालका लागि आवश्यक यन्त्र, उपकरण र मानव संशाधन कोशी अस्पतालबाटै जुटाईने प्रदेश नं। १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । अस्पताल सञ्चालनका ७० जना जनशक्ति परिचालन गर्ने तयारी छ ।