पीपीई अभाबमा उपचारमा कठिनाई भएको स्वास्थ्यकर्मीको गुनासो

मिडियामा सूचना दिनेलाई स्पष्टिकरण सोधियो

पीपीई अभाबमा उपचारमा कठिनाई भएको स्वास्थ्यकर्मीको गुनासो

विराटनगर । कोशी अस्पताल विराटनगरले उपचारमा खटिन आवश्यक सामान अभाब भएको जानकारी मिडियामा दिएको भन्दै स्वास्थ्यकर्मीलाई स्पष्टिकरण सोधेको छ ।

कोभिड–१९ (कोरोना भाइरस)का बिरामीको उपचारमा खटिन व्यक्तिगत सुरक्षा सामग्री र परीक्षणका लागि उपकरणको माग राख्दा अस्पतालले स्पष्टिकरण सोधेको हो ।

बुधबार उपचारको लागि आवश्यक उपकरण र स्वास्थ्य सुरक्षा सामाग्री नभएको भन्दै केही चिकित्क र स्वास्थ्यकर्मीले ती सामान उपलब्ध नभए उपचार गर्न नसक्ने चेतावनी दिएका थिए । उनीहरुले केही समय उपचारमा नखटिने भन्दै कामसमेत बहिष्कार गरेपछि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र अस्पताल प्रशासनले आवश्यक सामान उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।

बुधबार अस्पताल प्रशासनलाई दबाब दिन भन्दै आन्दोलित भएका स्वास्थ्यकर्मीलाई बिहीबार अस्पताल प्रशासनले लिखित स्पष्टिकरण सोधेको हो । अस्पतालका मेट्रोन मञ्जु यादवले स्पष्किटरणको पत्र लेख्दै चित्तबुझ्दो जवाफ नपठाएर प्रचलित ऐन अनुसार कारबाहि गर्ने चेतावनि दिनुभएको छ ।

स्वास्थ्यर्मीहरुले कोभिड–१९का शंकास्पद बिरामीको उपचार र आइसोलेसनमा खटिँदा व्यक्तिगत सुरक्षात्मक सामाग्री उपलब्ध हुनुपर्ने माग गरेपनि त्यसको उचित प्रवश्न हुन सकेको छैन । उनीहरुको लागि सुरक्षा सामाग्री उपलब्ध गराउनुको साटो अस्पतालले स्पष्टिकरण सोधेको हो ।

बिहिबार, १३ चैत, २०७६, दिउँसोको ०३:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर